दाहाल–नेपाल समूहको नेकपाले आह्वान गरेको आमहड्तालमा प्रहरीसँगको झडपमा पूर्वमन्त्री मातृका यादवको अण्डकोषमा गम्भीर चोट लागेको छ ।
बिहीबार दिउँसो बन्द सफल पार्न जनकपुरधाम स्थित शिवचोकमा बजार बन्द गराउने क्रममा प्रहरी र पूर्वमन्त्री यादवको समूहबीच झडप हुँदा उहाँको अण्डकोषमा गम्भीर चोट लागेको हो ।प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिटेन्डेन्ट प्रमोद यादवले पूर्वमन्त्री यादवको अण्डकोषमा गम्भीर चोट लागेको स्रोत बताउछ । ।
गम्भीर चोट लागेका पूर्वमन्त्री यादवलाई प्रादेशिक अस्पताल जनकपुरमा सामान्य उपचारपछि काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको खवरमा उल्लेख छ ।
नेकपा स्थायी समिति सदस्य रामचन्द्र झा, सहिदनगर नगरपालिकाका प्रमुख उदय बरबरिया र नेता प्रदीप साहको टाउको एवं शरीरका अन्य भागमा चोट देखिएपछि प्रादेशिक अस्पतालमा उपचार पश्चात काठमाडौं पठाइएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।