शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

ओली पक्षको आमसभाले सवारी आवागमन अस्तव्यस्त


  • शुक्रबार, माघ २३ २०७७
12.7K
SHARES

फाईल तस्बिर

ओली पक्षीय नेपाल कम्युष्टि पार्टी (नेकपा)को जनसभाका कारण शुक्रबार काठमाडौंमा उपत्यकाको सवारी आवागमन अस्तव्यस्त भएको छ ।
उपत्यकाका विभिन्न स्थानमा मानिसहरू जम्मा भइरहेका कारण दरबारमार्ग आसपासको सवारी आवागमनमा प्रभाव परेको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

दरबारमार्गतर्फ जाने भाडाका साना सवारी साधन तथा पिकअप गाडीलाई त्रिपुरेश्वर, थापाथली, सिंहदरबार, पद्मदयमोड, पुतलीसडक, कृष्णपाउरोटी, जयनेपाल, लैनचौर, सोह्रखुट्टेबाट ड्राइभर्सन गरिएको छ ।

सवारी आवागमन सहज बनाउनका लागि भाडाका ठूला सवारी साधनलाई चक्रपथबाट भित्र प्रवेशमा रोक लगाइएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा