शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

सूर्य चिह्न पाउने ओलीले नचिताए हुन्छ: माधव नेपाल


  • शुक्रबार, माघ २३ २०७७
9.4K
SHARES

फाईल तस्बिर

नेकपा अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले नेकपा सूर्य चिह्न पाउन नचिताए हुने बताउनुभएको छ ।

काठमाडौंमा शुक्रबार भएको कार्यक्रममा उहाँले आफूहरुसँग स्पष्ट बहुमत सदस्य रहेकाले केपी ओलीले नेकपा र सूर्य चिह्नमा दाबी गर्न नपाउने बताउनुभएको हो ।

आफूहरुसँग प्रचण्ड बहुमत भएकाले कसैलाई चोइटिएर जान मन भए जान सक्ने पनि अध्यक्ष नेपालले टिप्पणी गर्नुभयो ।

प्रतिनिधिसभा विघटनपछि देश र लोकतन्त्रको मामलामा आफूहरुले विरोध जनाएको उहाँको भनाई छ । यो विषयलाई आन्तरिक मामिला मात्रै मान्न नसकिने भन्दै नेपालले देश र लोकतन्त्रको विषय भएकाले सबै एकजुट भएर प्रतिनिधिसभा विघटनको विरोध गर्नुपर्ने बताउनुभयो ।

दैनिक ज्यालादार मजदुर, बिरामीहरुका लागि केही असहज आएको तर पछिसम्मका लागि आफूहरु फेरि एक पटक सडकमा आउनुपरेको उहाँको भनाइ छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा