शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

पार्टीले निर्णय गरिनसकेकाले एमसीसीविरूद्धको नारा रोक्न लगाएको हुँ : प्रचण्ड


  • शुक्रबार, माघ २३ २०७७
9.7K
SHARES

फाईल तस्बिर

नेकपाको दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले निर्णय गरि नसकेकाले एमसीसीविरूद्ध नाराबाजी नगर्न कार्यकर्तालाई रोकेको प्रष्टिकरण दिएका छन् ।

शुक्रवार आफ्नो समूह निकटका पत्रकारहरूसँगको अन्तरक्रियामा दाहालले संवैधानिक निकायका पदाधिकारी नियुक्तिको विरोधमा भएको आमहड्तालमा अरू नारा घुसेपछि त्यसलाई रोक्न खोजिएको प्रष्ट्याए ।

पूर्वनिर्धारित नाराबाहेक अन्य नारा नलगाउन मात्र आफूले सम्झाएको भन्दै उनले एमसीसी परिमार्जित गरि लागु गर्नुपर्ने पक्षमा आफू रहेको बताए ।

आफूले अमेरिकी रादूतसँगको भेटमा पनि यसलाई परिमार्जन गर्न सकिने वा नसकिनेबारे छलफल गरेको उनले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा