शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

नवपुरको ‘वार्षिकोत्सव तथा सानो संसार भाग–६’ कार्यक्रम सम्पन्न (भिडियो)


  • शुक्रबार, चैत्र ८ २०७५
38.6K
SHARES

काठमाडौँ ।
पिक प्वाइन्ट एजुकेसन नेटवर्कद्धारा सञ्चालित बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १३, चुनिखेलमा रहेको नवपुर चिल्ड्रेन होम (एनसिएच) ले आफ्नो ‘छैठौँ वार्षिकोत्सव तथा सानो संसार भाग–६’ कार्यक्रम सम्पन्न गरेको छ ।


चैत्र २ गते शनिबार स्कुलको प्रांगणमा विशेष कार्यक्रमको आयोजना गर्दै वार्षिकोत्सव तथा सानो संसार भाग–६ कार्यक्रम सम्पन्न गरेको हो ।


बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धब खरेलको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा स्याटका सचिव शक्ति राज नेपाल, विभिन्न स्कुलका प्रिन्सिपल, स्थानिय समाजसेवी, स्कुल व्यबस्थापन टिम, विद्यार्थी, अभिभावक लगायत शिक्षासंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।


कार्यक्रमका प्रमुख अतिथि एवं बुढानिलकण्ठ नगरपालिकाका मेयर खरेलले पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए ।


कार्यक्रममा एनसिएचमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न गीतमा नृत्य, गायन, नाटक, राइम्स प्रस्तुत गरेका थिए ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं मेयर खरेलले पिक प्वाइन्ट एजुकेसन नेटवर्कद्धारा सञ्चालित नवपुर चिल्ड्रेन होमको अझ प्रगतीको कामना गर्दै समग्र शिक्षाको विकासका लागि नगरपालिका तत्पर रहेको बताउनु भयो ।


यस्तै कार्यक्रममा बोल्दै पिक प्वाइन्ट एजुकेसन नेटवर्कका अध्यक्ष विनय श्रेष्ठले विद्यार्थीहरुको चौतर्फी विकासमा पिक प्वाइन्ट एजुकेसन नेटवक सधै तत्पर रहने बताउनु भयो ।


कार्यक्रम बिहान ११ बजेदेखी दिउसो ३ बजेसम्म चलेको थियो ।


सोही कार्यक्रममा केन्द्रित हुदै केटिएम खबरका लागि श्याम कार्कीले नवपुर चिल्ड्रेन होम (एनसिएच) का प्रिन्सिपल इश्वर केसीसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

थप तस्विरः


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा