ग्रीजम्यान पछिल्लो समय उत्कृष्ट लयमा फर्किएका छन् । उनी लगातार टोलीको हिस्सा मात्रै बनिरहेका छैनन्, गोल पनि प्रशस्तै गरिरहेका छन् ।
उनले पछिल्ला ९ खेलबाट ७ गोल र ६ असिस्ट गर्दै १३ गोलमा सोझै सहभागी भएका छन्, जुन बार्सिलोनाका अन्य कुनै पनि खेलाडीको भन्दा बढी हो । उनी अहिले फ्रन्ट लाइनमा कप्तान मेस्सीसँग पहिलो रोजाइमा खेलिरहेका छन् ।
ग्रीजम्याले आफ्नो पछिल्लो समयको लय र प्रदर्शनबारे बोलेका छन् । गत राति कोपा डेल रे कपको अन्तिम आठमा ग्रानाडामाथि ३–५ को नाटकीय कमब्याक जित निकाल्नेक्रममा उत्कृष्ट प्रदर्शन गरेका उनले खेलपछि उत्साहित हुँदै प्रतिक्रिया दिए । उनले टिमको जितमा सघाउन पाउँदा खुसी लागेको मात्रै बताएनन्, आफ्ना प्रशिक्षक रोनाल्ड कोम्यान र कप्तान लिओनल मेस्सीलाई पनि सन्देश दिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।