प्रचण्ड-नेपाल पक्षको कार्यकर्ता सकिएकाले आफैं सडकमा उत्रिएको प्रधानमन्त्रीले टिप्पणी गरेका छन ।
अझ कटाक्ष गर्दै ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको दु:ख हेर्न गाडीको सयर गरेको टिप्पणी गरेका छन्।
नेकपाको प्रचण्ड-नेपाल पक्षले आयोजना गरेको आमहड्तालका क्रममा विभिन्न ठाउँमा प्रचण्ड गाडी लिएर पुगेका थिए। प्रचण्ड गाडी लिएर पुगेको विषयमा प्रधानमन्त्री ओलीले व्यंग्य गरेका हुन्।
‘अरूका गाडी जलाउनुभयो। आफू गाडीमा सयर भएर तमासा हेर्दै हिँड्नुभयो।
जनताले कति दु:ख पाएका छन् हँ भनेर। गाडी चढेर तमासा हेर्दै हिँड्नुभयो’ प्रधानमन्त्री ओलीले भने, ‘अर्को गाडी चढ्न अलिक भएन आफैंले बन्द गरेको भनेर… अलिक ठूलो भयो गाडी भनेर बाइक लिएर जनताले कति दु:ख पाए भनेर रमिता हेर्दै हिँड्नुभयो।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।