शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

बर्दिबासमा प्रहरीले बल प्रयोग गरेर खुलायो पूर्वपश्चिम राजमार्ग


  • बिहिबार, माघ २२ २०७७
7.1K
SHARES

फाईल तस्बिर

पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबास सडकखण्ड प्रहरीले बल प्रयोग गरेर खुलाएको छ । महोत्तरीको बर्दिबासस्थित मुख्य चोकमा बिहानैदेखि प्रदर्शन गरिरहेका नेकपा प्रचण्ड-माधव समूहका कार्यकर्तालाई प्रहरीले बल प्रयोग गरेर राजमार्ग आशिंक रुपमा खुलाएको हो ।

राजमार्गमा धर्ना बसेका प्रदर्शनकारीलाई प्रहरीले बल प्रयोग गरेर हटाएको थियो । प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारी बीच झडप समेत भएको थियो ।

बिहानैदेखि प्रचण्ड-माधव समूहका कार्यकर्ताहरुले पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबासमा राजमार्ग बन्द गर्नुका साथै प्रदर्शन समेत गरेका थिए । प्रहरीले स्कटिङ गरेर गन्तव्यतर्फ सवारीसाधनलाई पठाइरहेका छन् ।प्रदर्शाकारीहरुले राजमार्गमा बसेर नाराबाजी गरिरहेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा