शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

नेप्से परिसूचक ८ अंकले बढ्यो, लघुवित्तका लगानीकर्ता मालामाल


  • बिहिबार, माघ २२ २०७७
8.7K
SHARES

फाईल तस्बिर

साताको अन्तिम दिन सेयर कारोबार मापक नेप्से परिसूचक बढेर बन्द भएको छ । नेप्से परिसूचक ८ दशमलव ३४ अंकले बढेर २ हजार ४ सय ७५द दशमलव २६ अंकले बढेको हो ।

नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.६८ अंकले बढेको छ । कारोबार रकम ८ अर्ब पनि पुग्न सकेन । दिनभर भएका ७१ हजार ८ सय ६६ कारोबारबाट २०१ कम्पनीका १ करोड ८६ लाख ६० हजार ८ सय ११ कित्ता सेयर किनबेच भएका छन् ।

जसबाट ७ अर्ब ५८ करोड ७९ लाख २४ हजार ५ सय ३५ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबार रकम बुधबारको भन्दा कम हो । बुधबार ९ अर्ब भन्दा माथिको कारोबार भएको थियो । समूहगत रुपम हेर्दा व्यापार समूहको सबइन्डेक्स सबैभन्दा धेरै ४.५१ प्रतिशतले वृद्धि भएको छ ।

हाइड्रोपावर, उत्पादनमूलक, निर्जिवन बिमा, लघुवित्त र अन्य समूहमा रहेका कम्पनीहरुको सेयर मूल्य बढेको छ । बैंक, विकास बैंक, होटल, जीवन बिमा लगायतका समूह भने घटेर राताम्मे देखिएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा