शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

अर्घाखाँचीमा ३४ करोडको सुन्तला उत्पादन


  • बिहिबार, माघ २२ २०७७
12.2K
SHARES

फाईल तस्बिर

अर्घाखाँचीमा यस वर्ष ३४ करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको छ,जिल्लाका विभिन्न स्थानमा गरेर ५ हजार ६ सय मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र अर्घाखाँचीका सूचना अधिकारी महेन्द्र ओझाले जानकारी दिनुभयो ।

भिरालो पाखो बारीमा पनि राम्रो उत्पादन हुने भएपछि कृषकहरू व्यावसायिक रूपमा सुन्तला खेती तर्फ आर्कषित भएको उहाँको भनाइ छ ।

जिल्लामा उत्पादितमध्ये ६० प्रतिशत सुन्तला जिल्लामै खपत हुन्छ भने बाँकी बुटवल लगायत अन्य शहरहरूमा निर्यात हुने गरेको छ । अर्घाखाँचीमा कुल ४ सय ९४ हेक्टरमा सुन्तला खेती भइरहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा