एजेन्सी । अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा सरकारी सेनाले गरेको कारबाहीमा १५ जना तालिवान लडाकू मारिएका छन् ।
रक्षा मन्त्रालयले विज्ञप्ति जारी गदै बिहीबार कान्दाहारको डन्ड र अर्घन्डाब जिल्लामा तालिबान लडाकूहरू भेला भइ सेनाको शिविरमा आक्रमण गर्न लागेको सूचनाका आधारमा सेनाले कारबाही गरेको उल्लेख गरिएको छ ।
कारबाहीमा अरु तीन जना तालिवानी लडाकू पनि घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।