शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

सडकबाट प्रचण्डको गर्जन, फागुन पहिलो साताबाट जनआन्दोलन सुरु हुन्छ


  • बिहिबार, माघ २२ २०७७
13.3K
SHARES

फईल तस्बिर

नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल नेपाल समूहको आम हड्ताल प्रभावकारी बनाउन अध्यक्ष पुष्पकमल दाहाल सातदोबाटोको सडकमा पुगेका छन।

आन्दोलन अझ सशक्त पार्ने भन्दै दाहालले फागुनको पहिलो हप्ताबाट जनआन्दोलन सुरु हुने बताएका छन । २८ गते विशाल प्रदर्शन गर्नेछौं, उनले भने, त्यसपछि फागुन पहिलो साता जनआन्दोलन सुरु हुन्छ ।
प्रतिनिधिसभा विघटन र संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोधका नेकपा दाहाल समूह आन्दोलनमा छ । आज दाहाल नेपाल समूहले देशव्यापी आम हड्तालको आयोजना गरेको छ ।

हड्ताल सफल बनाउन भन्दै दाहाल सडकमा निस्किएका हुन । दाहाल सातदोबाटो पुग्दा प्रदर्शनकारीले प्रधानमन्त्री केपी ओलीविरुद्ध नारा लगाएका थिए । दाहालले पनि नारा लगाउन साथ दिएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा