प्रहरीले नेकपाकी नेतृ अष्टलक्ष्मी शाक्यलाई काठमाडौंको कलंकीबाट गिरफ्तार गरेको छ ।
नेकपा प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्य विष्णु रिजालले दिएको जानकारीअनुसार नेतृ शाक्यलगायतलाई प्रहरीले कलंकीबाट गिरफ्तार गरेको हो ।
नेतृ नेकपा दाहाल-नेपाल समूहकी हुन् । आज दाहाल-नेपाल समूहले देशव्यापी आम हड्तालको आयोजना गरेको छ । यसै क्रममा शाक्यलाई प्रहरीले गिरफ्तार गरेको बताइएको छ ।
दाहाल-नेपाल समूहले बन्द सफल बनाउन ठाउँ ठाउँमा कमाण्डर नै तोकेको छ । आम हडताललाई राजधानीका ११ स्थानमा स्थायी कमिटिका सदस्यहरुले नेतृत्व गर्ने जनाइएको थियो । सो अन्तर्गत कंलकीमा युवराज ज्ञवाली र शाक्यले नेतृत्व गरिरहेका थिए ।
प्रहरीले बन्द गराउँदै हिड्ने नेकपा दाहाल-नेपाल समूहका ५६ बढी नेता कार्यकर्ताइलाई नियन्त्रणमा लिइसकेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।