आराध्य देव भगवान विष्णु जसको बर्णन हिन्दू ग्रन्थहरूमा पाइन्छ। बिष्णुलाई संसारको पालण कर्ता मानिन्छ। जसले यो शृष्ठी चलाएको मानिन्छ। हिन्दू धर्मका अनुसार सृष्ठी कर्ता ब्रह्मा, पालन कर्ता विष्णु, र संहार कर्ता शिव एकै रूपका तिन अङ्ग हुन्। भगवान विष्णुको वास स्थान लोकहरूको उत्तम लोक वैकुण्ठ लोक हो।
भगवान विष्णुकी अर्धागिनी धनकी देवी लक्ष्मी हुन्। जब जब पृथ्वीमा पाप बढ्दै जान्छ, हत्या हिँसा लुट पात चोरी डकैती आदी खराब कर्मको वृदी हुदै जान्छ तब भगवान विष्णु कुनै न कुनै रूपमा पृथ्वीमा आएर पापिहरू नाश गर्छन भन्ने मान्यता रहिआएको छ ।
विष्णु भगवानको पुजा गरिने दिन विहिबार हो। पुजाको सामग्रीमा दूध र घ्यू समावेश गर्नुपर्दछ। व्रत बस्नेहरूले एकछाक दूग्धपदार्थ खानुपर्दछ। अधिकांश व्रतालुहरूले यस दिन श्रीमद्भागवत पुराण पनि पाठ गर्दछन्।
बिहिबार भगवान बिष्णु र बृहस्पतीको पुजा आज गर्नुभयो भने मनले चीताएको तँपाईको इच्छा पुरा हुनेछ ।
भगवान बिष्णुको प्रतिकका रुपमा रहेका सालिग्राम ,पिपलको बोट,तुलसि इत्यादीमा समेत पुजा गरिन्छ ।
भगवानको बिधिसम्मत पुजा गरेमा मात्र भगवान प्रशन्न हुने हुनाले यस्तो पुजाले सार्थकता प्राप्त गर्ने भन्ने विषय शास्त्रमा समेत उल्लेख छ ।भगवानको पुजा संगै राम्रो कर्म गरेको खण्डमा मन सकारात्मक भई चिताएका सम्पुर्ण कार्यहरु सफल हुनेछन ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।