शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

सबै भन्दा पुरानो हनुमान मन्दिर : एक दर्शनले चिताएको पूरा हुने बिस्वास


  • बुधबार, माघ २१ २०७७
13.3K
SHARES

फाईल तस्बिर

भारत, तमिलनाडुको नामाक्कल जिल्लाको पहाडहरूका बीचमा रहेको अन्जानियार मन्दिर विश्वको सबै भन्दा पुरानो हनुमान मन्दिरमध्ये एक हो । यस पहाडमा भगवान हनुमानको १८ फिट अग्लो प्रतिमा राखिएको छ, जुन लगभग ५औं शताब्दीको बीचमा बनाइएको थियो ।

ईतिहासकारका अनुसार यो संसारकै सब भन्दा पुरानो शिल्पकला हो । कालो ग्रेनाइटको मूर्ति काटेर उही ढुंगामा कोरिएको थियो । खास कुरा यो हो कि यस मन्दिरमा भगवान हनुमान विष्णुको अवतार भगवान नरसिम्हाको सेवामा उभिएका छैनन् ।

यस मन्दिरको बारेमा धेरै कथाहरू छन् । यो भगवान विष्णु, लक्ष्मी र हनुमान संग सम्बन्धित छ । मन्दिरको अगाडि एउटा पहाड छ, यसलाई नरसिंह हिल भनिन्छ । विश्वास गरिन्छ कि भगवान विष्णु यस पहाडमा नरसिम्हाको रूपमा देवी लक्ष्मीको सामु देखा परेका थिए । यो विश्वास छ की यो हनुमानजीको मुर्ती दर्शन गर्नाले चिताएका कुरा पुग्ने गर्दछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा