कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुुर शाहीले जनतालाई हिनताबोध हुने खालको काम नगरेको बताएका छन् । कर्णाली प्रदेश सभाको दोस्रो बार्षिकोत्सवको अवसरमा बुधबार गरिएको शुभकामना आदान प्रदान कार्यक्रममका बोल्दै शाहीले यस्तो बताएका हुन् ।
उनले भने, ‘कठिन परिस्थीतिका बीचमा पनि हामीले केही आशाका साथ कर्णालीको विकास र परिवर्तनमा पाइला चालेका छौँ । जनता निराशह र हिनताबोध हुनुपर्ने अवस्था छैन ।’
शाहीले जनताको आवश्यकता र चाहनाअनुसार काम गरेको पनि दावी गरे । प्रदेश सरकार स्थापना भएदेखि हालसम्म विभिन्न बाधा–व्यवधानका बीचमा पनि जनताको आशा अपेक्षालाई साकार पार्न तर्फ आफूहरु दृढ भएको उनको भनाइ छ ।
शाहीले भने, ‘जनताको अपेक्षा अनुसार काम गर्न केही कमजोरी भएको छ, हामी स्वीकार गर्छौँ नै । यसको मतलब यो हैन कि हामीले कुनै काम गर्न सकेका छैनौँ । शुरुमा जिल्ला समन्वयन समितिको सभाहलबाट प्रदेशको गतिविधि शुरु गरेका हामीले आफ्नै संरचना निर्माण गर्नेदेखि ठुल्ठुला कामहरु गरेर मुख्य उपलब्धी हासिल भएका छन् । शाहीले प्रतिपक्षको रचनात्मक आलोचना आवाश्यक रहेको पनि बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।