शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

भीषण हिमपात, घर गाडी पुरिन थालेपछि न्यूयोर्कमा सङ्कटकालकाे घाेषणा


  • बुधबार, माघ २१ २०७७
10K
SHARES

फाईल तस्बिर

अमेरिकाको पूर्वी तटीय क्षेत्रमा भीषण हिमपात भएको छ । हिमपातका कारण हवाई उडानहरू रद्द र खोपकेन्द्रहरू बन्द हुनुका साथै न्यूयोर्क र न्यूजर्सीमा सङ्कटकाल घोषणा गरिएको छ।

स्थानीय समयानुसार सोमवार मध्यदिनसम्म न्यूजर्सी र पेन्सल्भेनियामा १९ इन्च र न्यूयोर्कमा १७ इन्च हिउँ परेको बताइएको छ।

अमेरिकी मौसम विभागले मङ्गलवारपछि मात्रै हिमपात कम हुने बताएको छ। न्यूयोर्कमा सोमवार बिहानैदेखि अत्यावश्यक पर्दाबाहेक अन्य यात्रामा प्रतिबन्ध लगाइएको छ भने मङ्गलवार विद्यालय बन्द गरिएका छन्। हिमपातका कारण १,६०० भन्दा बढी हवाई उडानहरू रद्द भएका छन्।

हिमपातका कारण कोरोनाभाइरसको खोप लगाउने केन्द्रहरु पनि बन्द भएका छन् । हिमपातले न्यूजर्सी राज्यमा बस तथा रेल सेवा बन्द भएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा