ओली समुहले शुक्रबार नारायणहिटी संग्रहालयको अर्थात पुर्बराजा ज्ञानेन्द्र शाहा बस्ने दरबारको मुख्य गेटमै मञ्च बनाएर आमसभा गर्न लागेको खवर छ।
सरकारी पार्टीको आमसभाका कारण शुक्रबार काठमाडौंको दरबारमार्गका पसलहरु बन्द हुने भएका छन् ।
यसअघि कुनै पनि राजनीतिक कार्यक्रम र हडतालको सामना गर्नु नपरेका दरबारमार्गका व्यवसायीहरु राजनीतिक सभा हुन लागेकोमा असन्तुष्ट छन् ।
व्यवसायीहरुले महानगरपालिका र प्रशासनसमक्ष दरबारमार्गमा आमसभा नगर्न आग्रहसमेत गरेका थिए, तर सरकारी पक्षको आमसभा उनीहरुले रोक्न सकेनन् ।
अन्ततः कार्यक्रम सार्न असफल भएपछि व्यवसायीहरुले माघ २३ गते दरबार मार्गमा पसल व्यवसाय बन्द गर्ने निर्णयमा पुगेको स्रोतले बतायो
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।