शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

मन्त्री मणि थापाको पावरवाला चस्माले देख्यो, प्रम ओली र बिप्लब बिच समानता


  • बुधबार, माघ २१ २०७७
8.9K
SHARES

फाईल-तस्बिर

खानेपानी मन्त्री मणिचन्द्र थापाले प्रतिवन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवादमा समानता रहेको बताएका छन् ।
हिमालय टेलिभिजनको कार्यक्रम समय सन्दर्भमा कुरा गर्दै मन्त्री थापाले विप्वलमा राष्ट्रिय चिन्तन र सोच भएको र प्रधानमन्त्रीको पनि राष्ट्रवादी सोच बनिरहेकोले उनीहरु दुवैको चिन्तन मिल्ने बताए ।

मन्त्री थापाले नेकपा क्रान्तीकारी माओवादीका महासिचव मोहन बैद्यले अध्ययन गरेको पूर्वीय सभ्यता, संस्कृति पनि प्रधानमन्त्री ओलीको अध्ययन र विचारसँग मिल्ने दाबी गरे ।

यसबारे आफूले प्रधानमन्त्रीलाई पनि जानकारी गराएको उनको भनाइ छ । ‘मैले प्रधानमन्त्रीलाई भनेको छु, मन्त्री थापाले भने, ‘तपाईंको र विप्लवको राष्ट्रवाद मिल्छ जस्तो लाग्छ । बैद्य र तपाईंको पूर्वीय सभ्यता, संस्कृति पनि मिल्छ ।’

नख्खु कारागारमा रहेका प्रतिबन्धित विप्लव समूहका पोलिट्ब्यूरो सदस्य हेमन्त प्रकाश वली ‘सुदर्शन’लाई मंगलबार कारागारमै गएर भेटेपछि मन्त्री थापाको यस्तो भनाइ आएको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा