शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

ट्राफिक कारबाहीको जरिवाना, अब ई–सेवाबाट भुक्तानी


  • बुधबार, माघ २१ २०७७
10.9K
SHARES

फाईल तस्बिर

अब ट्राफिक नियम उल्लंघनको जरिवाना (कारवाही) को भुक्तानी अनलाइनबाटै गर्न मिल्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथले ट्राफिक नियम उल्लंघन गरेवापत तिर्ने जरिवानालाई अनलाइनबाट पनि भुक्तानी गर्न मिल्ने गरी टीभीआरएस (ट्राफिक भायोलेसन रेकर्ड सिस्टम)  सफ्टवेयरको विकास गरेको हो ।

योसँगै अब घण्टौसम्म लाइनमा बसेर जरिवाना रकम बैंकमा क्यास भुक्तानी गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । सडक नियमको उल्लंघन गरि ट्राफिक कारबाहीमा परेका व्यक्तिले अब सजिलै घरमै बसेर डिजिटल भुक्तानी गर्न सक्नेछन् ।

ट्राफिक प्रहरी महासाखाले डिजिटल भुक्तानी ई–सेवासँग मिलेर यस्तो सफ्टवेयर ल्याएको हो ।

सवारी चालकले ट्राफिक प्रहरीले काटेको चिट नम्बर उल्लेख गरेपछि ट्राफिक उल्लंघन गरेको कसुर र जरिवाना रकम इ–सेवामा देखाउनेछ । सोही ठाउँमा मागिएको विवरण भरेर सहजै ई–सेवाबाट रकम भुक्तानी गर्न सकिने इ सेवाले जनाएको छ ।

ई–सेवा अकाउन्ट नभएका व्यक्तिहरुले पनि नजिकै रहेको कुनै पनि ई–सेवा जोन तथा पोइन्टमा गएर समेत जरिवाना रकम भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।

श्रोत: रातोपाटी


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा