आज बुधबार नेपाली बजारमा सुनको भाउ घटेको छ ।
मंगलबार छापावाला सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने बुधबार तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजारमा कारोबार भइरहेको छ । त्यसैगरी तेजावी सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको भाउ ६० रुपैयाँले घटेर प्रतितोला १हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।