नेपाल कम्युनिस्ट पार्टी नेकपाको केपीशर्मा ओली पक्षले,महेस बस्नेतको नेत्रीत्वमा काठमाण्डौमा १० हजार मोटरसाईकल र्याली निकाल्ने दाबी गरेको छ ।
बागमती प्रदेश कमिटीको आयोजनामा माघ २३ गते हुने शक्ति प्रदर्शन तयारीस्वरूप अनेरास्ववियू र राष्ट्रिय युवा संघले संयुक्त रूपमा काठमाडौंमा मोटरसाइकलको र्याली गर्न लागेका हुन्।
मध्यान्ह १२ बजे बालकुमारीबाट सुरु हुने र्याली सातदोबाटो -लगनखेल- जावलाखेल- पुल्चोक- थापाथली- त्रिपुरेश्वर- एनएसी- जमलचोक- दरबारमार्ग- नारायणहिटी- जयनेपाल हल- कमलपोखरी- रातो पुल- गौशाला- एयरर्पोर्ट हुँदै तीनकुने पुगेर सभामा परिणत हुने राष्ट्रिय युवा संघले जनाएको छ।
रत्नपार्कमा हुने जनसभालाई व्यवस्थित गर्न नेकपाका नेता एवम् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठको संयोजकत्वमा ११११ सदस्य रहेको जनसभा परिचालन कमिटी गठन गरिएको जनाइएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।