शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

मृगौला स्वस्थ हेल्चेक्र्याइँले ज्यान खतरमा पर्न सक्छ, मृगौला स्वस्थ राख्न के गर्ने ?


  • बुधबार, माघ २१ २०७७
15K
SHARES

फाईल तस्बिर

मानव शरीरको निकै महत्वपूर्ण अंग हो मृगौला । मृगौला खराब भए ज्यान जान पनि सक्छ । त्यसैले समयमानै थाहा पाउन सकियो भने उपचार गर्न सकिन्छ ।

हाम्रो शरीरमा भएका विषाक्त पदार्थलाई बाहिर ल्याउन मद्दत गर्ने, शरीरको विकारयुक्त वस्तुलाई पिसाबको रुपमा परिणत गरी निस्कासनमा सहयोग पुर्याउने, शरीरमा भएको रगतलाई शुद्ध बनाउन मद्दत गर्ने लगायतका महत्वपूर्ण काममा सहयोग गर्ने मृगौला मानव शरीरको निकै महत्वपूर्ण अंग हो ।

मृगौलामा थोरै मात्र समस्या भएपनि हाम्रो शरीरको दैनिक प्रकृया संचालनमा बाधा उत्पन्न हुन्छ । हामीले मृगौला सम्बन्धी समस्यालाई ख्याल गरेनौ र बेवास्था गर्यौँ भने हाम्रो ज्यानै तलमाथि हुन सक्छ।विश्व स्वास्थ्य संगठनका अनुसार हाल विश्वका १० प्रतिशत मानिसमा कुनै न कुनै किसिमको मृगौला सम्बन्धी समस्या हुने गरेको छ । नेपालमा मात्र हाल ३० लाख मानिसमा मृगौलाको समस्या रहेको तथ्यांक छ ।

मृगौला विशेषज्ञका अनुसार करिब ३ लाख मानिसलाई त आफ्नो मृगौला बिग्रिएको अर्थात मृगौलामा समस्या भएको पत्तै हुन्न । नेपाल लगायत विकासोन्मुख तेस्रो मुलुकमा नियमित स्वास्थ्य परीक्षणको अभ्यास नहुँदा लाखौँ मानिसले मृगौलाको समस्या भएको थाहा नै नपाइ ज्यान गुमाउने गरेका छन् ।

मृगौलामा समस्या भए कस्ता लक्षण देखिन्छन् र?
मृगौला विशेषज्ञका अनुसार मृगौलामा समस्या भएमा पिसाबको मात्रामा थपघट हुने, पिसाबको रंग गाढा हुने, पटक पटक पिसाब लागेको महशुस हुने तर पिसाब नआउने, पिसाबमा रगत देखिने, हातखुट्टा सुन्निने, आँखाको डिल सुन्निने, छाला चिलाउने, काममा एकाग्रता नहुने, थकान महशुस हुने जस्ता लक्षण देखा पर्न सक्छन् ।

मृगौला स्वस्थ्य राख्न के गर्ने र?
मृगौला सम्बन्धी समस्या बढ्दै जाँदा यस सम्बन्धी सचेतना कार्यक्रम पनि बढ्नै गएका छन् । विशेषज्ञले पनि मृगौला स्वास्थ्य राख्न सामान्यतया गर्नु पर्ने आवश्यक कुराहरु भनिरहेका हुन्छन् । विशेषज्ञका अनुसार नियमित खानापानलाई मात्र पनि हामीले ध्यान दिन सकेमा धेरै हदसम्म मृगौलालाई स्वास्थ्य राख्न सकिन्छ । प्रशस्त पानी पिउने, शरीरलाई आवश्यक सबै प्रकारका मिस्रित अर्थात सन्तुलिन भोजन सेवन गर्ने, नियमित व्यायाम गर्नेलगायत मृगौला स्वास्थ्य राख्नका लागि विशेषज्ञले सुझाव दिने गरेका छन् ।
त्यसैगरी वर्षमा कम्तीमा पनि एक पटक भने मृगौला परीक्षण गराउनै पर्ने हुन्छ । हामीले यस्ता सामान्य कुरामा अलिकति मात्र ध्यान दिन सके पनि मृगौला जस्तो महत्वपूर्ण अंगलाई रोगबाट बचाउन सक्छौँ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा