शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

तपाईका सम्पुर्ण कामहरु बिग्रिदैछन,शिवजीको आरधना गर्नुहोस


  • बुधबार, माघ २१ २०७७
16.9K
SHARES

फईल तस्विर

भगवान शिवको आरधना पुजा, वा मन्दिरमा गएर शिवजीको दर्षन मात्र गर्नाले देवादीदेब माहादेब प्रसन्न भएर तपाईलाई असिर्बाद दीनुहुन्छ र तपाईका सम्पुर्ण काम बन्दै जान्छन भन्ने हिन्दु धर्मिक मान्यता रहेको छ ।

अझ सोमबार ‘शिवजी‘को पूजा आराधना गर्ने राम्रो दिन हो। यस दिन आराधना गरे शिव भगवान खुसी हुने र मागेको वर दिने भन्ने विश्वास छ ।
‘ऊँ नमः शिवाय’ शिवजीलाई प्रसन्न पार्न जपिने मन्त्र हो ।अविवाहित स्त्रीले राम्रो वर पाउन शिवजीको पूजा आराधना गर्ने गर्दछन् भने विवाहित स्त्रीले आफ्नो परिवारमा सुख शान्ती र पतिको दिर्घायूका लागि शिवजीको पुजा गर्दछन्। शास्त्रमा लेखिएको छ, शिव एकदमै शान्त स्वभावका देवता हुन् । उनलाई सजिलैसँग खुसी बनाउन सकिन्छ। उनको क्रोधलाई कसैले पनि सामना गर्न सक्दैन । त्यसैले तपाई शिवजीको पूजा आराधना गर्दै हुनुहुन्छ भने यी गल्ती नगर्नुहोस् ।

शिवजीलाई के मन पर्छ ?
शिव भगवानको जीवन सिद्धान्त एकदमै साधारण छ।जो मानिस बढि महत्वाकांक्षी हुन्छ, जसले आफ्नो इच्छा र चाहनाको धरातलभन्दा गहिरिएर बुझ्न सक्दैन त्यो मानिसले सुखानुभूत गर्न सक्दैन ।

शिवजीले सबैभन्दा बढि मन पराउने वस्तुहरू भनेको पहेँलो वस्त्र, गाँजा, भाङ, धतुरो, चिसो गाईको दूध, श्रीखण्ड र खरानी हुन्। त्यसैले यी कुराहरू चढाउँदा, शिवजी अत्यन्त खुसी हुन्छन्। उनलाई बेलपत्र पनि चढाइन्छ ।

पबित्र मनले संम्झिदा नमन गर्दा पनि शिवजी प्रसन्न बन्नु हुन्छ भन्ने मान्यता रहिआएको छ । केहि गर्न सकिदैन भने पनि मनले नमन गरेर स्मरण गरेमात्र पनि शिवजी प्रसन्न भएर तपाईका चिताएका काम पुरा गर्नु हुन्छ भन्ने मान्यता हिन्दु धर्मालम्बिहरुले राख्ने गर्दछन ।
शिवपुराणका अनुसार ,शिवजीको पूजा आराधना गर्दा यी ५ वस्तुहरू कहिल्यै चढाउनुहुँदैन ।
बेसार
शिवपुराणमा उल्लेख गरिएअनुसार बेसार पनि शिवजीलाई चढाउनु हुँदैन ।

चुवाको फूल
विभिन्न ठाउँअनुसार फरकफरक नाम भएको चुवा फूल यसलाई कतै गोलाईँती फूल त कतै केताकी फूल पनि भन्ने गरीन्छ । यो फूलसँग भगवानको सम्बन्ध के छ रु किन चढाउन हुँदैन भन्ने भनिन्छ ।
तुलसी
शिवपुराणमा उल्लेख गरिएअनुसार भगवान शिवलाई पूजाआजा गर्दा पनि यो तुलसी पत्र चढाउनुहुँदैन भनिएको छ ।

नरीवलको पानी
शिवपुराणमा उल्लेख गरिएअनुसार शिवजीलाई चढाउन नहुने पवित्र वस्तुहरूमध्ये नरीवलको पानी पनि एक हो। शिवजीलाई सिङ्गो नरीवल चढाउनुहुन्छ तर नरीवल फुटाएर पानी चढाउनुहुँदैन । यस्तो गरेमा शिवजी रिसाउने र अनिष्ट हुने शिवपुराणमा लेखिएको छ ।
सिन्दूर
विवाहित महिलाहरूको लागि सिन्दूर एकदमै महत्वपूर्ण र पवित्र मानिने गरिन्छ। तर शिवपुराणमा उल्लेख गरिएअनुसार सिन्दूर पनि शिवजीलाई चढाउनु हुँदैन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा