प्रधानमन्त्री केपी शर्मा ओलीले युद्धमा कहिल्यै नहारेको नेपालले खेलकुदमा पनि हार्न नहुने बताएका छन्।
राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको खेलकुदसँग प्रधानमन्त्री’ अन्तर्क्रिया कार्यक्रममा बोल्दै ओलीले कहिल्यै उपनिवेश र कुनै युद्ध नहारेको नेपालले खेलकुदमा पनि जित्नु पर्ने बताए।
अंग्रेजको लडाइँ खुकुरीले जित्ने नेपालीले खेलमा किन हार्नु परेको छ ? फुटबलमा भकुन्डो हान्ने र क्रिकेटमा बलमा हान्ने त हो,’ उनले भने, ‘कहिल्यै उपनिवेश नबनेको, कहिल्यै नहारेको देश यत्रा-यत्रा डल्ला फ्याँक्दा किन हार्ने?
उनले खेलमा हुने जित र हारको ठूलो अर्थ हुने बताए। अन्य क्षेत्रमा पनि जित र हारको विषय ‘इगो’ बन्ने गरेको बताए। संसद विघटन पनि जित र हारको विषयमा केन्द्रीत भइरहेको उनको भनाइ छ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।