शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

ओली नयाँ राजा पैदा भएर प्रतिगमन गरे: राजेन्द्र महतो


  • मंगलबार, माघ २० २०७७
13.6K
SHARES

फाईल तस्बिर

जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले झापाको दमकमा मंगलबार बिहान पत्रकार सम्मेलनमा संसद् पुनर्स्थापनाबाट प्रतिगमनकारी नेतृत्व फेरि पनि स्थापित हुने दाबी गरे ।
विगतमा पनि राजाले प्रतिगमन गरेकै हुन् । अहिले पनि केपी ओली नयाँ राजा पैदा भएर प्रतिगमन गरे, उनले भने, संसद् पुनर्स्थापना भए पनि अर्को केपी ओली आउँछ ।

चुनाव भए पनि अर्को केपी ओली पैदा हुन सक्छ र प्रतिगमन हुन्छ । यो तबसम्म हुन्छ जबसम्म यो देशमा सबैको लागि संविधान बन्दैन । सबैको लागि शासन स्थापित हुँदैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघठन गरेर संविधान र लोकतन्त्रमाथि गम्भीर खतरा पैदा गरेको महतोको आरोप छ । ओलीले संसद् विघठन गरेर जनताको मतलाई अपमान गरेको उनको भनाइ थियो ।

उनले संविधानमाथि यो दोस्रोपटक प्रतिगमन भएको दाबी गरे । पहिलोपटक कांग्रेस, तत्कालीन एमाले र माओवादीले पहिचानवादी दलहरूका माग सम्बोधन नगरी संविधान जारी गरेर प्रतिगमन गरेको बताए । ‘हामी सडकमा संघर्ष गर्दै थियो । गोलीको भरमा संविधान जारी गरियो । यो संविधान ९९ प्रतिशत जनतालाई पाखा लगाउँदै एक प्रतिशत नश्लीय चिन्तन भएकाले बनाएको हो,’ उनले भने, ‘नश्लीय चिन्तन र सोचले देशमा अशान्त हुन्छ । आन्दोलन हुन्छ किनकि आफ्नो पहिचान र अधिकार कोही गुमाउन चाहँदैन ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा