शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

ओलीले आफू तानाशाह बन्न प्रतिनिधिसभा भंग गरेका हुन: कांग्रेस बरिष्ठ नेता सिंह


  • मंगलबार, माघ २० २०७७
9.7K
SHARES

फाईल तस्बिर

कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले ओलीले आफू तानाशाह बन्न प्रतिनिधिसभा भंग गरेको जिकिर गर्दै प्रधानमन्त्री केपी ओलीले ज्ञानेन्द्रपथ मन पराएको आरोप लगाएका छन् । ‘उहाँलाई संसदमा विश्वासको मत लिन आँट पुगेन, त्यसैले ज्ञानेन्द्र पथ अंगाल्नुभयो, कांग्रेस त्यो कदम सच्याउन सडकमा छ,’ नेता सिंहले भने ।

सोमबार १३ वटै भ्रातृ संस्थाहरूले काठमाडौंमा संयुक्त रूपमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै सिंहले आमनेपाली जनताले सडकबाट दबाब दिएपछि ओलीको होस खुल्ने बताए । ‘ज्ञानेन्द्रले नारायणहिटी छोडेर गएजस्तै बालुवाटर छोड्नुपर्दा ओलीको होस खुल्छ, राजाको पालामा शाही आयोगलाई असंवैधानिक ठहर गरेको सर्वोच्च अदालतले अहिलेको ओलीको कदमलाई पनि सच्याउँछ, मलाई विश्वास छ,’ उनले भने ।

ओली सरकारले हुँदै नभएको अधिकारलाई दुरुपयोग गरेर, जनभावनाविपरीत संविधान कुल्चेर संसद् विघटन गरेको उनले बताए । उनले ओलीको कदमलाई असंवैधानिक, अलोकतान्त्रिक र बदनियतपूर्ण बताउँदै यसले लोकतन्त्रमाथि प्रहार गरेको धारणा राखे । संविधान मिचेर निर्वाचनको ललिपप देखाएको आरोप लगाउँदै नेता सिंहले भएको संविधान मिचेर अन्तर्राष्ट्रिय अभ्यासको पाठ सिकाउँदै हिँड्न गलत भएको बताए । प्रतिनिधिसभा सामना गर्ने हिम्मत नभएका ओलीले जनता छक्याउन निर्वाचनको बहाना रचेको उनको भनाइ छ । ओलीले आफू तानाशाह बन्नका लागि प्रतिनिधिसभा भंग गरेको उनको जिकिर छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा