आज मंगलबार । हिन्दु धर्मालम्बिहरु हरेक साताको हरेक एकदिन कुनै भगवानको नाममा ब्रत बस्दा राम्रो हुन्छ भन्ने मान्यता राख्दछन, अझ ज्योतिषकोमा गएपछी मंगलबारको ब्रत गर्नु पर्छ भनेर धेरैलाई भन्ने गरिन्छ ।
मंगलबार बिषेसत भगवान गणेशजीको पुजा अर्चना गर्ने गरीन्छ । हनुपमनजीको पनि पुजा अर्चना मंगलबारनै गर्ने गरीन्छ । त्यसैले आज मंगलबार धेरैजना गणेश भगवानको प्रार्थना गरि ब्रत बस्ने दिन हो ।
सबै किसिमका सुख प्राप्त गर्न, रक्तविकार हटाउन, शत्रु हटाउनका, स्वास्थ्य रक्षार्थ तथा पुत्र प्राप्तिका लागि मङ्गलबारको ब्रत एकदमै उत्तम मानिन्छ ।
यो ब्रत शुक्ल पक्षको पहिलो मङ्गलबारबाट सुरु गर्नुपर्दछ ।
मंगलबारको ब्रतबाट मङ्गल ग्रहको अनिष्ट फल पनि शान्त हुन पुग्छ । बिहान उठेर स्नान गरी शुद्ध भएपछि रातो कपडा धारण गरी भगवान गणेशको पुजा गरी गणेश भगवानको आराधना गर्नुपर्दछ । पूजा गर्दा रातो फूल, फल, तामा, नरिवल आदि दान गर्नुपर्दछ ।
यो ब्रत कमसेकम २१ वटा मङ्गलबारसम्म लिने प्रचलन छ । सकिन्छ भने जीवनभरि नै लिए अझ राम्रो मानिन्छ। यस व्रतमा गहुँ र सख्खरको भोजन गर्नुपर्ने हुन्छ, रातो कपडा लगाउनु पर्दछ । एक छाक अलिनो भोजन गर्नु पर्दछ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।