काठमाडौं, माघ १९ गते ।
मिति २०७७ माघ १६ र १७ गते बूढानीलकण्ठ नगरपालिका वडा नं. १० वडा कार्यालय र सारथि बालपत्रिकाले संयुक्त रूपमा जुगल स्कूल कपनमा आयोजना गरेको २ दिने बाल साहित्य सृजना तालिम तथा प्रतियोगिता सम्पन्न भएको छ ।
सारथि बाल पत्रिका सम्पादक श्री मुकुन्द गौतमको सभापतित्व र डिल्ली रमण रेग्मी प्रतिष्ठानका अध्यक्ष तथा पुस्तकालय विज्ञ श्रीमती इन्दिरा दलीको प्रमुख आतिथ्य तथा वडा अध्यक्ष नवराज भट्टराईको विशिष्ट आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा जुगल स्कूलका प्र.अ. विवेक विनयी, फेरिल्याण्ड स्कलका डाइरेक्टर राज गौतम र बाल क्लवका प्रतिनिधिहरूले पनि शुभकामना व्यक्त गर्नु भएको थियो ।
उक्त कार्याक्रममा प्राथामिक तह देखि माध्यमिक तहसम्मका करिब ८० जना विद्यार्थी भाइबहिनीहरूको सहभागिता रहेको थियो ।

कथा, निबन्ध, हस्तलेखन र चित्रकला विधामा कम्रशः बाल कथाकार यशु श्रेष्ठ, निबन्धकार डा.गणेश प्रसाद अधिकारी, हस्तलेखन विज्ञ मातृका खतिवडा र चित्रकला विज्ञ सरोज लामिछानेजले २ दिनसम्म प्रशिक्षण दिई सम्पन्न भएको प्रतियोगितामा सिनियर तर्फ केयुसिटी स्कूलकी छात्रा सुमिला शाक्य (प्रथम), प्रशान्ति स्कूलकी छात्रा छेम्जी शेर्पा (द्वितीय) र घटराज मेमोरियल स्कूलकी सम्झना काफ्ले तृतीय हुनु भएको थियो । यस्तै निबन्ध तर्फ घटराज मेमोरियल स्कूलकी छात्रा जीना जप्रेन (प्रथम) फेरिल्याण्ड स्कूलकी छात्रा सुहाना रेग्मी (द्वितीय) र जुगल स्कूलकी छात्रा सुदिक्षा थापा मगर (तृतीय) हुनु भएको थियो । यसै गरी जुनियर तर्फ चित्रकला प्रतियोगितामा घटराज मेमोरियल स्कूलका छात्र सतिश तामाङ (प्रथम) फेरियाण्ड स्कूलका समृद्धराज गौतम (द्वितीय) र जुगल स्कूलकी छात्रा उपसना लामिछाने तृतीय हुनु भएको थियो ।
यसै गरी नेपाली र अंग्रेजी हस्तलेखनमा घटराज मेमोरियल स्कूलकी छात्रा रिहाना भट्टराई (प्रथम), जुगल स्कूलका छात्र सुरज बुढाथोकी (द्वितीय) र केयुसिटी स्कूलकी छात्रा श्रेया श्रेष्ठ र पिन्सटन स्कूलका छात्र तृतीय हुनु भएको थियो ।
कार्यक्रममा अतिथिज्यूहरूले कार्यक्रमको सफलताको साथै यस्ता कार्यक्रमले विद्यार्थी भाइबहिनीहरूमा सकारात्मक सन्देश प्रवाह गर्न र हौसला प्रदान गर्ने सन्देश दिनु भएको थियो ।