प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएपछि देशबाट घोषणा गरेरै लोडसेडिङ हटाएको बताउनुभएको छ ।
बिजुली उत्पादनको १ सय ५ वर्षसम्म देशमा पिलपिल बिजुली भएकोमा आफू प्रधानमन्त्री भएपछि देशबाट लोडसेडिङ हटाउन सफल भएको दावी गर्नुभयो ।
सोमबार धनुषाको ढल्केवरस्थित देशकै सबैभन्दा ठूलो चार सय केभीको सवस्टेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा लोडसेडिङ इतिहास भइसकेको बताउनुभयो ।
प्रधानमन्त्रीले नेपाल अब भारत र बंगलादेशलाई बिजुली बेच्ने हैसियतमा पुगेको समेत बताउनुभयो । अबको केही वर्षपछि देशमा बिजुली किन्नै नपर्ने बरु भारत र बंगलादेशलाई बिजुली बेचिने उहाँको दाबी छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।