धादिङमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–२ कोइरालेमा भएको दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् । ट्रकका सहचालक संखुवासभाका किरण कार्की र ट्रकमा सवार बर्दियाका किरण प्रताप गुरुङ्गको घटनास्थलमा मृत्यु भएको हो
मुग्लिङबाट काठमाडौं जाँदै गरेको लु २ ख २७० नम्बरको ट्रकले रोकिराखेको ना ६ ख ६४६५ नम्बरको ट्रकमा पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो । घाइतेहरूको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।