काठमाडौँ ।
बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ११ कपनमा रहेको साम्तेन मेमोरियल एजुकेशनल एकेडेमीले एसईई उतिर्ण विद्यार्थीहरुको लागि सम्मान तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ ।
शुक्रबार स्कूलको प्रांगणमा एक कार्यक्रमको आयोजना गर्दै एसईई उतिर्ण १९ विद्यार्थीहरुलाई सम्मान, विदाई कार्यक्रम गरेको हो ।
एन प्याब्सनका विवर्तमान उपाध्यक्ष सुर्य बहादुर अधिकारीको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा साम्तेनका संस्थापक अध्यक्ष निम्तो शेर्पा, एन प्याब्सन बूढानीलकण्ठ नगर कमिटिका अध्यक्ष नारायण बाबु तिम्सिना, स्याटका अध्यक्ष विजय खरेल, वडा सदस्य विनोद तामाङ लगायतको उपस्थिति रहेको थियो ।
कक्षा १० ले आयोजना गरेको उक्त कार्यक्रममा शहिदको सम्झनामा एक मिनेट मौनधारण समेत गरिएको थियो ।
कार्यक्रममा सम्मान–पत्रद्धारा विद्यार्थीहरुलाई सम्मानित गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले विद्यार्थीहरुको शैक्षिक सफलताको शुभकामना व्यक्त गर्दै विद्यालयले गरेको सम्मानलाई आफुलाई थप जिम्मेवारी थपिएको महशुस गरि अगाडी बढ्न आग्रह गरेको थिए ।
यस्तै कार्यक्रममा बोल्दै स्कूलका संस्थापक अध्यक्ष शेर्पाले एसईई उतिर्ण विद्यार्थीहरुको उज्वल भविष्यका निम्ति कामना व्यक्त गर्दै विद्यार्थीको सफलताका लागि विद्यालय सधैव तत्पर रहने प्रतिवद्धता व्यक्त गरेका थिए ।
सोही कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले साम्तेन मेमोरियल एजुकेशनल एकेडेमीका प्रिन्सिपल शक्तिराज नेपालसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।