आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

संसद् विघटन असंवैधानिक भएको ओलीले स्वीकारे !


  • शुक्रबार, माघ २ २०७७
16.2K
SHARES

तस्विरः फाइल

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन असंवैधानिक भएको स्वीकार गरेको  बताएका छन् ।

भिडियो सन्देश दिँदै पौडेलले ओली आफैले अवैधानिक कदम चालेको कबुल गरेकाले विरोध प्रदर्शनमा उत्रन आह्वान गरे ।

‘प्रधानमन्त्री केपी ओली आफैं भनिरहेका छन्, यो विधानको कुरा होइन । यो त राजनीतिक निर्णय हो भनेको हुनाले वैधानिक काम छैन भन्ने कुरा आफैंले कबुल गरेका छन् । स्वीकार गरेका छन्’, पौडेलले भने ।

तस्विरः फाइल

सर्वोच्च अदालतसम्म जनताको आवाज पुर्याउन डटेर प्रदर्शनमा उत्रन पौडेलले आह्वान गरे ।

‘देशलाई राजनीतिक अस्थिरताको भुमरीमा फसाउने र मुलुकलाई संकटतिर धकेल्ने यो प्रपञ्च भएको हुनाले सारा जनताले डटेर विरोध गर्न सक्यौं भने, आवाज उठाउन सक्यौं भने । यो आवाज सर्वोच्च अदालतसम्म पुग्छ’, उनले भने ।

संसद् विघटनको निर्णय नसच्याएमा अनर्थ हुने पौडेलले बताए । संसद् विघटन गर्ने असंवैधानिक कार्यले देशलाई अन्धकारतिर लैजाने उनले बताए ।

ओलीको कदमले संविधानमाथि ठूलो क्षति पुगेकाले पनि विरोध प्रदर्शनमा उत्रनुपर्ने पौडेलको भनाइ छ । भोलि (शनिबार) कांग्रेसले ७५३ वटै स्थानीय तहमा विरोधसभा राखेको छ भने माघ ८ मा सबै वडामा विरोध प्रदर्शन छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पनि शनिबारको विरोध प्रदर्शनमा सक्रिय सहभागी हुन सबैलाई अपील गरेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा