इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटीले ब्राइटनलाई १–० ले हराएको छ । घरेलु मैदानमा भएको खेलमा म्यान्चेस्टर सिटीलाई विजयी गराउन फिल फोडेनले ४४ औं मिनेटमा निर्णायक गोल गरे ।
जितपछि अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको म्यानचेस्टर सिटीको १६ खेलबाट ३२ अंक भएको छ । सिटी सबै प्रतियोगितामा गरेर पछिल्ला १४ खेलमा अपराजित रहेको छ । प्रिमियर लिगकै अर्को खेलमा गएराति टोटनह्याम हट्सपर र फुल्हमले १–१ गोलको बराबरी खेलेका छन् ।
टोटनह्यामका ह्यारी केनले पहिलो गोल गरेको खेलमा फुल्हमका इभाँ क्याभेलेइरोले एक गोल फर्काएपछि दुबै टोलीले १–१ अंक बाँडेका हुन् । एजेन्सी
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।