शनिबार, साउन ९ २०८३
ताजा अपडेट

चुनावको तयारीमा लाग्न प्रधानमन्त्री ओलीको निर्देशन


  • बिहिबार, माघ १ २०७७
10.8K
SHARES

तस्विरः फाइल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको तयारीमा लाग्न नेताहरुलाई निर्देशन दिनुभएको छ ।

बालुवाटारमा भएको स्थायी कमिटी सदस्यहरुसँगको छलफलमा सर्वोच्च अदालत र निर्वाचन आयोगमा भइरहेको गतिविधिबारे ब्रिफिङ भएको बुझिएको छ ।

छलफलमा सहभागी एक स्थायी कमिटी सदस्यका अनुसार तोकिएको समयमा निर्वाचन गर्नेबारे छलफल भएको हो ।

बैठकमा अध्यक्ष ओलीले निर्वाचन आयोगले आधिकारिता आफूहरुलाई नै दिने भन्दै बैशाख १७ र २७ गतेको निर्वाचनका लागि तयारी तीव्र पार्न निर्देशन दिनुभएको छ ।

उहाँले प्रथम अध्यक्ष र महासचिव आफूसँगै रहेकाले विधानअनुसार सूर्य चिन्ह र आधिकारिक नेकपा आफुहरु नै भएको स्पष्ट पार्नुभएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा