शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

मुद्दा मिलाइदिने भन्दै ९० हजार मागेको आरोपमा बुद्धि वहादुर पक्राउ


  • बिहिबार, माघ १ २०७७
15.3K
SHARES

तस्विरः फाइल

१ माघ, काठमाडौं ।
मुद्दा मिलाइदिने प्रलोभनमा पारी ९० हजार रुपैयाँ मागेको आरोपमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मकवानपुरको टिष्टुङ पालुङ नगरपालिका-१२ का ३९ वर्षीय चन्द्र लामा भन्ने बुद्धिवहादुर घलान रहेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी प्रमेश विष्टका अनुसार महानगरीय प्रहरी अपराध महाशाखा तथा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको संयुक्त प्रहरी टोलीले घलानलाई काठमाडौंको स्वयम्भुबाट बिहीबार बिहान नियन्त्रणमा लिएको हो ।
उनका अनुसार महानगरीय प्रहरी वृत्तमा अनुसन्धानको क्रममा रहेको एक मुद्दा मिलाइ दिने प्रलोभन देखाएर पीडितपक्षसँग ९० हजार माग गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

उनीविरुद्ध मुलुकी अपराध संहिता २०७४ बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा