काठमाडाैँ खबरका सम्पादक केशवराज पाठकमाथि प्लटिङ तथा अबैध बालुवा सम्बन्धि विषयमा कलम चलाएवापत प्राप्त ज्यान मार्ने धम्कीकाे नेपाल पत्रकार महासंघ काठमाडाैँ शाखाले गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ । महासंघ काठमाडाैँ शाखा अध्यक्ष शान्तराम बिडारीले एक विज्ञप्ति प्रकाशित गरी लोकतन्त्र र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै प्रकाशित सामग्रीप्रति चित्त नबुझे त्यस उपर वैधानिक बाटो रोज्ने विकल्प हुँदा हुँदै यसरी पत्रकारलाई धम्की दिइएको घटनाप्रति नेपाल पत्रकार महासंघ काठमाडौं शाखा खेद ब्यक्त गर्दै घटनामा संलग्न व्यक्तिहरुको तत्काल पहिचान गरी कानूनी दायरामा ल्याउन जोडदार माग गर्दछ भनेका छन् ।
विज्ञप्तिमा जुनसुकै सञ्चारमाध्यममा प्रकाशित समाचारका बारेमा चित्त नबुझेमा सर्वप्रथम सोही सञ्चारमाध्यममा, त्यहाँ चित्त नबुझेमा प्रेस काउन्सिल नेपालमा र त्यहाँ पनि चित्त नबुझेमा कानुनी प्रक्रिया अवलम्वन गरी अदालतमा जाने बाटो हुँदा हुँदै सञ्चारकर्मीहरुलाई बाटो ढुकेर धम्की दिने, आक्रमणको प्रयास गर्ने र मनोवैज्ञानिक तवरले हतोत्साही पार्ने घटना निन्दनीय छ ।
अध्यक्ष बिडारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा यस शाखा पत्रकारलाई स्वतन्त्र र निर्भय वातावरणमा समाचार संकलन र सम्प्रेषण गर्न पाउने अवस्था निर्माण गर्न स्थानीय नगरपालिका, सरकार र प्रहरी प्रशासन सबैसंग हार्दिक आग्रह गर्दछ । समाजमा भएका विकृती– विसंगतीको उजागर गर्नु र त्यो विषयमा जनतालाई सुसुचित गर्नु आम पत्रकारको उत्तरदायित्व भित्र पर्ने कुरा रहेको अवगत गराउदै आगामी दिनमा पनि यस्ता घटना दोहोरिन दिनु भनेको स्वतन्त्र प्रेस एवं विचार तथा अभिव्यक्ति स्वतन्त्रताको विरुद्धमा हुन जाने स्पष्ट पार्दछ भनिएकाे छ ।

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।