शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

विजय घोषणाको प्रतीक्षामा रहेका बाइडेनले भने–‘जीत सुनिश्चित छ, साझा अमेरिकी राष्ट्रपतिका रुपमा शासन गर्छु’


  • बिहिबार, कार्तिक २० २०७७
21.3K
SHARES

अमेरिकी राष्ट्रपति पदका डेमोक्र्याट उम्मेदवार पूर्वउपराष्ट्रपति जो बाइडेनले आफूहरुको जीत सुनिश्चित भएको भन्दै आफूले एक अमेरिकी राष्ट्रपतिका रुपमा शासन गर्ने बताउनुभएको छ ।

अमेरिकी सञ्चारमाध्यमहरुका अनुसार प्रष्ट जीतका लागि ६ मत (इलेक्टोरल कलेज) को प्रतीक्षामा रहनुभएका बाइडेनले बुधबार दिउँसो भन्नुभयो, ‘हाम्रो जीत सुनिश्चित छ र म एक अमेरिकीका रुपमा शासन गर्नेछु ।’

यसअघि पनि उहाँले आफू प्रतिवद्ध डेमोक्र्याटका रुपमा चुनावी मैदानमा होमिएको भए पनि सबै अमेरिकीको साझा राष्ट्रपतिका रुपमा काम गर्ने प्रतिवद्धता जनाइसक्नु भएको थियो ।

जबकी उहाँ प्रतिष्पर्धी एवं वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले भने प्रारम्भिक मतगणनामै आफूलाई विजयी घोषणा गर्नुभएको थियो । ट्रम्पले यस्तो घोषणा गरिरहँदा बाइडेनले भने निकै धैर्य देखाउँदै प्रत्येक मतगणना नगरी परिणाम घोषणा गर्ने अधिकार कसैलाई नभएको बताउनुभएको थियो ।

नेपाली समयअनुसार बिहीबार विहानको सम्बोधनमा बाइडेनले भन्नुभयो, ‘हामीबाट कसैले पनि हाम्रो प्रजातन्त्र खोस्न सक्ने छैन ।’

उता ट्रम्पको चुनावी अभियानले भने मिसिगन, पेन्सेल्भेनिया र जर्जियामा हुलाकबाट भएका मतदानमा ‘धाँधली’ भएको आरोप लगाएको छ र अदालतमा चुनौती दिने घोषणा गरेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा