काठमाडौँ – नेपाल सरकारका नवनियुक्त तीन जना मन्त्रीहरूले बिहीबार पद तथा गोपनीयताको सपथ लिने भएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार बिहीबार बिहान ११ : ३० बजे शितलनिवासमा सपथ ग्रहण कार्यक्रम आयोजना गरिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिमण्डल हेरफेर गरेका थिए। उनले नेकपा महासचिव बिष्णु पौडेललाई अर्थ, काठमाडौंका सांसद कृष्णगोपाल श्रेष्ठलाई सहरी विकास र सिरहाका सांसद लीलानाथ श्रेष्ठलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नियुक्त गरेका हुन्।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।