४ चैत्र, काठमाडौँ ।
बुढानिलकण्ठ नगरपालिका वडा नम्वर ५, विष्णुमतिमा रहेको फ्युजन एकेडेमीले फ्युजन स्काउट ट्रुपको दीक्षांत समारोह सम्पन्न गरेको छ ।
चैत्र ३ गते स्कुलको हलमा एक कार्यक्रमको आयोजना गर्दै ट्रुपको दीक्षांत समारोह सम्पन्न गरेको हो ।
नेपाल स्काउटका पूर्व राष्ट्रिय प्रमुख आयुक्त एवं काठमाडौँ जिल्ला स्काउटका जिल्ला आयुक्त रविन दाहालको प्रमुख आतिथ्यतामा आयोजना गरिएको उक्त कार्यक्रममा राष्ट्रिय सहायक प्रशिक्षक विदुर गिरी, काठमाडौँ जिल्लाका रोवर लिडर अर्पण कार्की, विद्यालय व्यबस्थापन टिम, विद्यार्थी लगायत उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपाल स्काउटका पूर्व राष्ट्रिय प्रमुख आयुक्त एवं काठमाडौँ जिल्ला स्काउटका जिल्ला आयुक्त दाहालले स्काप, स्काउट ब्याच प्रदान गरि फ्युजन एकेडेमीका ३८ विद्यार्थीलाई दिक्षित गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि, पूर्व राष्ट्रिय प्रमुख आयुक्त एवं काठमाडौँ जिल्ला स्काउटका जिल्ला आयुक्त दाहालले स्काउटको औचित्यबारे प्रकाश पार्दै असल र सफल बनेर स्काउटको मर्मलाई आत्मसाथ गर्दै अगाडी बढ्न स्काउट ट्रुपलाई आग्रह गरेका थिए ।
यस्तै आइतबार नै आयोजना गरिएको प्रथम अन्तर पट्रोल कुकिङ कम्पिडिसनबाट विजयी पट्रोल टिमलाई समेत पुरस्कृत गरिएको थियो । जसमा प्यारोट पट्रोल प्रथम र क्रो पट्रोल दोश्रो भएको थियो । विजयी पट्रोल टिमलाई मेडल प्रदान गरिएको थियो ।
कार्यक्रमका सभापति एवं प्रिन्सिपल कृष्ण भण्डारीले उपस्थित सम्पुर्णलाई धन्यवाद एवं दिक्षित स्काउट ट्रुपलाई बधाई दिँदै आगामी दिनमा आवश्य सहयोग गर्न आफु तथा स्कुल तयार रहेको प्रतिवद्धता व्यक्त गरेका थिए ।
सोही कार्यक्रममा केन्द्रित हुदै केटिएम खबरका लागि श्याम कार्कीले फ्युजन एकेडेमीका फाउण्डर, प्रिन्सिपल कृष्ण भण्डारीसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।