शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

डा गोविन्द केसीले तोडे २८ औं दिनमा अनशन


  • आइतबार, असोज २५ २०७७
7K
SHARES

काठमाडौं – सरकारसँग ८ बुँदे सम्झौता भएपछि डा गोविन्द केसीले २८ औं दिनमा आज अनशन तोडेका छन्। शिक्षण अस्पतालका सरसफाई सहयोगी ४६ वर्षका विकास नेपालीबाट जुस खाएर उनले अनशन तोडेका हुन्।

उनलाई अब आइसीयुमा भर्ना गरिने जनाइएको छ।

शनिबार राति सरकारी पक्ष र डा केसी पक्षबीच वार्ता भएपछि ८ बुँदे सहमति भएको हो। उनले गत भदौ २९ गते जुम्लाबाट अनशन थालेका थिए।

सहमति डा केसीका ६ बुँदे मागका ६ वटा सहमति छन्। ७ नम्बर बुँदामा उक्त सहमतिलाई सम्बन्धित निकायमा लैजाने र ८ नम्बर बुँदामा अनशन तोड्ने विषय उल्लेख छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा