काठमाडौं – नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाला सुन प्रतितोला ९४ हजार आठ सय रुपैयाँ रहेको थियो ।
तेजावी सुन प्रतितोला ९५ हजार एक सय रुपैयाँ रहेको छ । चाँदी एक हजार दुई सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।