काठमाडौँ – नेपाल चिकित्सक संघले डा. गोविन्द केसीको जीवनरक्षाका लागि सरकार गम्भीर नभएको र वार्ता र संवादलाई औपचारिकतामात्रै सीमित गरेको भन्दै आपत्ति प्रकट गरेको छ।
शनिबार साँझ एक विज्ञप्ति प्रकाशित गर्दै संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक र कोभिडबाहेकका सबै सेवा बहिष्कार गर्ने घोषणा गरेको छ।
‘२२ गते बिहीबारको वार्ता सकारातमक रुपमा अगाडि बढेको हुनाले असोज २३ गते शुक्रबार स्थगित गरिएको कार्यक्रम २०७७ असोज २५ गते आइतबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड १९ का सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा पूर्ण रुपमा बहिष्कार गर्ने निर्णय गरिएको छ’, चिकित्सक संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
संघले आइतबारसम्म पनि सत्याग्रहको अन्तय नभएमा कडाभन्दा कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत सरकारलाई दिएको छ।

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।