शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

डा. केसीका मागलाई ऐक्यबद्धता जनाउँदै डडेल्धुरामा प्रदर्शन


  • सोमबार, असोज १९ २०७७
12.4K
SHARES

डडेल्धुरा -चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै आमरण अनसनमा रहेका सत्याग्ही डा. गोबिन्द केसीका मागहरुलाई ऐक्यबद्धता जनाउँदै डडेल्धुरामा प्रदर्शन भएको छ ।

डा.गोबिन्द केसी बचाउ सरकार, गरिब दुःखी सबैका आधार भन्दै डडेल्धुरामा प्रदर्शन गरिएको हो । डा.केसीको आन्दोलनमा डडेल्धुरावासीको ऐक्यबद्धता रहेको जनाउदै जिल्ला सदरमुकामको तुफानडाँडामा ब्यानर लगाई आईतबार बेलुकी स्थानियले प्रदर्शन गरेका थिए ।

डाक्टर केसीले उठाएका मागहरु नेपाली जनताका हकहितमा भएकाले डडेल्धुराबासीले कोरोना संक्रमणको बेला पनि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउदै सरकारको ध्यानाकर्षण गराएका छन । प्रदर्शनका क्रममा २१ दिन सम्म पनि सरकारले उनको माग प्रति कुनै चासो नदेखाएको भन्दै स्थानियले आक्रोश पोखेका छन । उनका जायज माग पुरा गरी डाक्टर केसीको जीवन रक्षा गर्न सरकार संग स्थानियले माग गरेका छन ।

प्रदर्शनमा बोल्दै स्थानिय तिलक हमालले चिकात्सा स्वास्थ्य क्षेत्रमा डाक्टर केसीले राखेका माग सरकारले पुरा गरे सबै देशवासीको हितमा हुने बताए । आफ्ना लागी नभई सबै नेपालीको सहजताका लागी उनले माग राखी सत्याग्रह थालेकाले माग पुरा गरि जनताको पक्षमा सरकार रहेको आभास दिलाउनु पर्ने उनको भनाई थियो ।

यस्तै स्ववियु सभापती जगत ऐरले डा.केसीका माग पुरा गरी सरकारले जिम्मेवारी पुरा गर्नु पर्ने बताए । उनको स्वास्थ्य अवस्था नाजुक बन्दै गएकाले माग पुरा नभए डडेल्धुरावासी लगायत सारा नेपालीले सरकार विरुद्ध कडा आन्दोलन थाल्ने ऐरले चेतावनी समेत दिएका थिए ।

तुफानडाँडा चोकमा डा.केसी संगको अन्तरवार्ता प्रोजेक्टर लगाई देखाईएको थियो । चिकित्सा क्षेत्र सुधारको माग राख्दै डा.केसीले १९औँ पटक सत्याग्रह थालेका छन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा