शनिबार, साउन ३० २०८३
ताजा अपडेट

काठमाडौं उपत्यकामा आज थप ११७७ जनामा कोरोना संक्रमण पुष्टि


  • शनिबार, असोज १७ २०७७
12.6K
SHARES

फाइल तस्विर

काठमाडौं- काठमाडौं उपत्यकामा थप ११७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौंका १००१ जना, भक्तपुरका ६७ जना र ललितपुरका  १०९ जनामा कोरोना संक्रमण देखिएको हो। पछिल्लो २४ घण्टामा १२९७८ जनाको पिसिआर परीक्षण गरिएको छ।

त्यस्तै हिजो पनि काठमाडौँ उपत्यकामा १६३८ जनामा संक्रमण देखिएको थियो। काठमाडौँ उपत्यकामा कोरोना संक्रमण तिब्र रुपमा बढिरहेको छ।

यस्तै नेपालमा थप २१२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हलसम्म संक्रमित हुनेको संख्या ८४५७० पुगेको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा