शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

कोरोना प्रकोप अनि फिजियोथेरापि


  • शनिबार, असोज ३ २०७७
21.6K
SHARES

हरेक सेप्टेम्बर ८ तारिक, विश्व भरका फिजियोथेरापिष्टहरुले विश्व फिजियोथेरापि दिवसका रुपमा मनाउँदै आइरकेका छन् । प्रत्येक वर्ष झै यस वर्ष डब्लुसीपीटीले यो दिवस मनाउनका लागि रिह्याविटेशन आफटर कोभिड भन्ने थिम दिएको छ ।

फिजियोथेरापि भनेको एक उपचार पद्धती जसले उचित शारीरिक क्षमता मुल्याङ्कन गरी मानिसको जिवनस्तर (क्वालिटी अफ लाइफ) उकास्नका लागि मद्दत गर्दछ । यसले विभिन्न रोग लाग्नबाट रोकथामका साथै बचाउन र लागि सकेकालाई त्यस समस्याबाट बाहीर निस्कन र जसको विभिन्न रोगका कारण शारिरीक र मानसिक कमजोरी भई दैनिक क्रियाकलाप गर्न कठिन छ, त्यस्ता व्यत्तिहरुलाई पुनस्थापना गरी दैनिकीलाई सहज र सक्षम बनाउन मद्दत गर्दछ । तर आज यो समयसम्म आईपुग्दा जनमानसमा फिजियोथेरापि उपचार पद्धतीका बारेमा त्यती राम्रो ज्ञान भएको पाइँदैन । साधारण मानिस मात्र नभई कतिपय स्वास्थ्य कर्मीहरुलाई पनि फिजियोथेरापिको बारेमा पुर्ण ज्ञान भएको पाइँदैन । फिजियोथेरापि ढाड, कम्मर, घुँडा दुखेका, मुख बाङ्गीएका, प्यालाइसिस भएका व्यतिm र छातीमा खकार जमेका व्यतिm मात्र नभई हरेक व्यतिmलाई आवश्यक छ, चाहे त्यो व्यतिm बच्चा होस वा बृद्धा, चाहे गर्भवती होस वा बच्चा जन्माई सकेकी महिला, चाहे सामान्य सल्यक्रिया गर्नु अगाडीका विरामी होस वा सल्यक्रिया पश्चातका विरामी, चाहे आईसीयूमा भर्ना भएका विरामी होस या सामान्य उपचार गराइरहेका विरामी सबैलाई फिजियोथेरापि नितान्त आवश्यक छ । मात्र यति फरक छ, सबै समस्याका लागि एकैप्रकारको कसरत नभई प्रत्येक समस्याका लागि व्यतिmको समस्या र शारीरिक क्षमता जाँच र मुल्याङ्कन गरी उपयुक्त कसरत गराई उपचार गरिन्छ ।

आज विश्व विनासकारी कोभिड–१९ (कोरोना भाइरस)को महामारीसँग सामना गर्दै जुधि रहेको छ । २०१९ को डिसेम्बरमा चीनको बुहान सहरबाट सुरु भएको यो रोग विश्वको २०० भन्दा बढि देशमा फैलिसकेको छ । लाखौँ मानिसले आफ्नो ज्यान गुमाइ सकेका छन भने लाखौँ मानिस यस रोगबाट संक्रमित भएका छन र संक्रमितको संख्या दिनानु बढ्दै गएको देखिन्छ । यस रोगको प्रकृती सरुवा भई, संक्रमित व्यतिmबाट अरु सम्पर्कमा आएका व्यतिmलाई सर्ने भएकोले यस रोग सर्न नदिनका लागि मास्कको प्रयोग गर्ने, साबुन पानीले राम्रोसँग मिचेर हात धुने र सामाजिक दुरी कायम रहेको छ । यसका साथै संक्रमण भएका व्यतिmको सम्पर्कमा आएका व्यतिmको पहिचान गरी त्यस्ता व्यतिmलाई क्वारेन्टाइनमा राखि कोभिड जाँच गर्ने र संक्रमित व्यतिmको पहिचान गरी आइस्वलेशनमा राखि उपचार गर्ने गरिएको छ । विभिन्न अनुसन्धानको तथ्याङ्क हेर्ने हो भने ( National Program for Prevention and Control of Cancer, Diabetes, Cardiovascular Disease and Stroke) NPCDC का अनुसार सिक्किममा Diabetes Mellitus (मधुमेह) १३.६७% र उच्च रक्तचाप १८.१६% छ जुन भारतको अन्य राज्यहरुमा भन्दा उच्च छ ।
प्रत्येक देशले यो रोग फैलन नदिन राष्ट्रियस्तरमा लकडाउन गरी आएका छन् । कतिपय राष्ट्रहरुले यहि उपाय र विभिन्न पद्धतीको प्रयोग पछि दैनिक जीवनमा विभिन्न सावधानी अपनाई सामान्य दैनिक क्रियाकलापमा फर्कन सकेका छन् भने केही राष्ट्रहरु त्यही जमर्कोमा छन् त केही लकडाउनकै यथावस्थामा रहीआएका छन् । यस महामारीका बेलामा प्रत्येक राष्ट्रले संक्रमण रोकथामका लागि औल्याएको लकडाउन सरणीय छ तर त्यही लकडाउनका कारण अन्य नसर्ने रोग (नन् कम्युनेबल डिजिज)को प्रकोप भने बढ्ने सम्भावना देखिन्छ ।

यस कोभिड–१९ (कोरोना भाइरस)को महामारीका बेलामा अरु स्वास्थ्यकर्मी जस्तै फिजियोथेरापिष्टहरुले पनि उल्लेखनिय भुमिका निर्वाह गरिरहेका छन् । जो व्यतिm कोभिड–१९ बाट संक्रमित छन् तर लक्षण देखिएका छैनन् त्यस्ता व्यतिmको मनोबल बढाउन, शारिरीक स्फूर्ती बढाउन र रोगसँग लड्ने रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्न फिजियोथेरापिले कसरतको माध्यमले सहयोग पु¥याइरहेको छ । जो व्यतिm संक्रमित भई अति सधन कक्ष (आई सी यू), भेन्टिलेटरमा उपचारार्थ छन्, स्वासप्रस्वास प्रणालीमा समस्या छ त्यस्ता व्यतिmहरुलाई कसरतको माध्ययमबाट भेन्टिलेटरबाट बाहीर निकाल्न र आईसीयूबाट सामान्य वार्डमा सार्न मद्दत गरिरहेको छ । साथै जो व्यतिm हस्पिटलको लामो बसाईपछि शारीरिक कार्यक्षमतामा ह्रास आएका कारण दैनिक क्रियाकलाप गर्न गाह्रो भएको अवस्थामा छन् तिनलाई पुर्नस्थापन गरी उनीहरुको जीवनस्तर उकास्न मद्दत गरीरहेको छ ।

लकडाउनका समयमा मानिसहरु बाहीर नगई घरमै बस्ने भएकोेले शारिरीक क्रियाकलापमा कमी आएको छ । दैनिक मजदुरी गरी आफ्नो दैनिक रोजीरोटी गर्नेहरुको आयश्रोतको बाटो ठप्पभएको छ भने व्यापार व्यवसाय गर्ने व्यतिmको व्यापार ठप्प भएको छ । जसका कारण मानिसमा मानसिक तनाब (डिप्रेशन) बढेको देखिन्छ । लकडाउनको समयमा मानिसको खानपानको तौर तरिका परिवर्तन भएको छ, साथै मद्यपान र द्युम्रपान पनि बढ्दो अवस्थामा छ । यी उल्लेखित लकडाउनबाट भईरहेका असामान्य रहनसहनले हाम्रो शरीरमा नकारात्मक असर पर्न सक्छ । मुटु रोग आज विश्वमा एक मुख्य मृत्युदरको कारण बनिरहेको छ जसमा मुटु र रगतका नलीहरुमा लाग्ने रोगहरु पर्दछन् । जस्तै हृदयघात र मस्तिस्क पक्षघात जसको मुख्य कारणहरु मधुमेह, उच्चरक्तचाप र अत्यधिक मोटोपना आदी हुनु भने यस्तो हुनुमा मानिसको न्युन शारिरीक क्रियाकलाप, मद्यपान, ध्रुम्रपानले यस्ता रोगहरु बढाइ रहेका छन् ।

आजको यस अवस्थामा कोरोना भाइरसको संक्रमण रोकथामका साथै लकडाउनका कारण आउन सक्ने अरु सम्भावित समस्यालाई कम गर्नका लागि हामी सबै शारिरीक रुपमा क्रियाशील रहन अत्यावश्यक देखिन्छ । शारिरीक व्यायमले हाम्रो शरिरमा राम्रो हर्मनको उत्पादनमा मद्दत पु¥याउछ जसले आलश्यता, थकान र दुर्बल्तालाई कम गर्न टेवा पु¥याउछ । साथै हाम्रो शरिरमा रोगसँग लड्ने रोग प्रतिरोधात्मक क्षमतामा बृद्धि गर्न पनि मद्दत गर्दछ । शारिरीक व्यायमले शरिरको तौल घटाउन र तौल नियन्त्रण गर्न पनि सहयोग गर्छ । हामीले खाएको खानामा रहेको ग्लुकोजलाई प्रयोगमा ल्याई रगतमा ग्लुकोजको मात्र नियन्त्रण गर्दछ । जसका कारण हामीलाई हुन सक्ने मुटु रोगको क्षतीलाई न्युन गर्न सक्छौ । अमेरिकन कलेज अफ स्पोर्टस मेडिसिनका अनुसार १८ देखि ६९ वर्ष सम्मका ब्यक्तिहरुले Moderate Intensity Aerobic १५०–३०० मिनेट हप्तामा ५ दिन गर्नु पर्दछ । Aerobic मा जस्तै Cycling, Jogging, Walking, Swimming आदी पर्दछ । Strengthening Exercises जस्तै सामान्य तौल प्रयोग गरी गरिने कसरतहरु हप्तामा २ देखि ३ दिन गर्नु पर्दछ । मांसपेशी तन्काउने कसरत ५ देखि ७ दिन गर्नु पर्दछ । तर यस लकडाउनका कारण हामी जिम र जुम्बा सेन्टर र अस्पतालमा फिजियोथेरापिष्टको परामर्श लिन जान नसकेको अवस्थामा हामीले घरमै कसरत गर्न सक्छौँ । जस्तै Aerobic exercise df marching on place, sit to stand (मेचमा उठबस), dancing etc, Strengthening Exercises मा सामान्य पानीको बोतल प्रयोग गर्न सक्छौँ र साधारण मांसपेशी तन्काउने कसरत गर्न सक्छौँ ।

यी माथि उल्लेखित शारिरीक व्यायमका साथसाथै आफ्नो खानपिनमा पनि ध्यान दिनुस, व्यायम गरौँ, स्वस्थ्य बनौँ, आफ्नो दैनिक क्रियाकलापमा आवश्यक सावधानी अपनाऔँ, जस्तै मास्क लगाउने, सामाजि दुरी कायम गर्ने, हात धुने, आवश्यक परेको खण्डमा मात्र घरबाट बाहीर निस्कने, घरमै शारिरीक व्यायम गर्ने, अवश्यनै हामी एकजुट भई कोभिड–१९ सँग लड्न सक्छौ, अवश्यनै जित्न सक्छौँ ।

सुवर्णा थापा क्षेत्री
सिक्किम मनिपाल यूनिभरर्सिटी
कलेज हफ फिजियोथेरापि
स्नातकोत्तर–दोस्रो वर्ष

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा