शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

साम्तेन स्कुलले भर्चुअल बालदिवस मनायो , अनलाइनमा नै उद्घाटन भयो साम्तेन स्टार ‘सिजन-५’


  • सोमबार, भाद्र २९ २०७७
21.8K
SHARES

काठमाडौँ-बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ११, कपन स्थित साम्तेन मेमोरियल एजुकेसनल एकेडेमीले आज अन्तर्राष्ट्रिय बालदिवसको दिन पारेर भर्चुअल बालदिवस कार्यक्रम मनाएको छ ।

नेसनल प्याब्सनका केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटाको प्रमुख आतिथ्य तथा समालोचक डा.गणेशराज अधिकारीको आदर्श आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा युवा कवि हेम प्रभास, नेसनल प्याब्सन काठमाडौँ महानगरका उपाध्यक्ष विजय खरेल,युवा कवि माधव भुसाल ,समालोचक मन्जु सापकोटा तथा सञ्चारकर्मीहरुको सहभागितामा १५० भन्दा बढी विद्यार्थीहरुले आआफ्नो क्षमता प्रदर्शन गर्नुका साथै महामारीमा बालअवसर, बालबालिकामा महामारीको प्रभावजस्ता विषयमा वक्तृत्वकला समेत सम्पन्न गरेका थिए ।


राष्ट्र गान बजाएर सुरु गरिएको उक्त कार्यक्रमको सुरुमा नै विश्व शान्तिको कामना गर्दे “We shall over come” peace song समेत सबैले गाएर माहोललाई जागरुक बनाएका थिए ।विद्यालय संस्थापक निम्तो शेर्पा,निमा शेर्पा ,प्रधानाध्यापक शक्तिराज नेपाल ,शैक्षिक निर्देशक अमित नेवार लगायत शिक्षकहरु तथा हरेक अभिभावकहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो ।


जुम मिटिङमा आयोजित उक्त कार्यक्रम ३ घण्टासम्म चलेको थियो । कक्षा नर्सरीदेखि कक्षा २ सम्मका बालबालिकाहरुको अनलाइन कला प्रदर्शनी तथा प्रतिभा प्रस्फुटन कार्यक्रम रहेको थियो भने कक्षा ३ देखि १० सम्मका बालबालिकाहरुले अङग्रेजी र नेपाली दुवै भाषामा बक्तृत्वकला प्रस्तुत गरेका थिए ।
विहान ९ बजेदेखि सुरु भएको उक्त कार्यक्रममा सम्बोधन गर्दे प्रमुख अतिथि ऋतुराज सापकोटाले सङकटका बेला पनि बिभिन्न बिकल्पहरु प्रयोग गर्दैै नानीबाबुहरुको सिकाइ प्रक्रियालाई निरन्तरता दिएकोमा नेसन प्याब्सनका तर्फबाट साम्तेन स्कुल तथा कार्यक्रम आयोजकको प्रशंसा गरे ।
आदर्श व्यक्तित्वका रुपमा सहभागी हुनुभएका डा. गणेशराज अधिकारीले यस महामारीमा पनि नानीबाबुहरु प्रति संवेदनशील बनेकामा स्कुल परिवारलाई धन्यवाद तथा साम्तेनका यसखाले गतिबिधिबाट अन्य सरोकारवालाले पनि सिक्नुपर्ने धारणा व्यक्त गरे । युवा कवि हेम प्रभासको उत्प्रेरणात्मक सम्बोधन तथा माधव भुसालको सुमधुर उत्प्रेरणाले आयोजक टिमलाई धेरै हौसला मिलेको थियो ।


समालोचक द्वय माधव भुसाल र मन्जु सापकोटा तथा प्रज्ञा राईको निर्णायक भूमिका सम्पन्न भएको उक्त वक्तृत्वकला प्रतियोगितामा प्रथम हुनेलाई प्रधानाध्यापकले रु १,०००, द्वितीय हुनेलाई रु ५०० तथा तृतीय हुनेलाई रु २५० को नगद पुरस्कारको घोषणा गरेका थिए भने ग्रेड कला प्रदर्शनीमा प्रथम हुनेलाई रु ५००, द्वितीय हुनेलाई रु ३०० तथा तृतीय हुनेलाई रु १०० को नगद पुरस्कारको घोषणा गरी विद्यार्थीलाई हौस्याएका थिए । अभिभावक तथा शिक्षकको समेत प्रतिभा प्रस्फुटन कार्यक्रम रहेकाले सबे सहभागीहरुका उत्साहको वातावरण बनेको थियो ।
प्रतियोगिताको नतिजा भने भोलि बिहान सञ्चालन हुने अनलाइन योगको कक्षामा घोषणा गरिने र यस्ता विभिन्न खालका कार्यक्रमहरु अनलाइनबाट भए पनि विद्यार्थीको क्षमता विकासका लागि गरिरहने र अब छिट्टै साम्तेन स्टारका लागि अनलाइनमा नै अडिसन सुरु गर्ने तयारी रहेको सो कार्यक्रमका संयोजक तथा प्रधानाध्यापक शक्ति नेपालले बताए ।

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा