शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

स्थानीय तह र स्वास्थ्य संस्थालाई बागमती प्रदेस सरकारको १८ करोड २६ लाख


  • शुक्रबार, भाद्र २६ २०७७
12.4K
SHARES

कोरोना भाईरस संक्रमण तथा रोकथामका लागि बागमती प्रदेशले प्रदेशका बिभिन्न स्थानिय तह, अस्पताल र स्वास्थ्य ब्यबस्थापन केन्द्रहरुलाई १८ करोड २६ लाख रकम उपलब्ध गराउने भएको छ । मंगलबार प्रदेशको बागमती बिपद ब्यबस्थापन निर्देशक समितिका अध्यक्ष मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार सहयोग कोषबाट सो रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
कोषबाट काठमाडौका किर्तिपुर नगरपालिकालाई १० लाख, शंखरापुर नगरपालिकालाई २० लाख, बुढानिलकण्ठ नगरपालिकालाई २० लाख, तारकेश्वर नगरपालिकालाई १० लाख, कागेश्वरी मनोहरा नगरपालिकालाई १५ लाख, चन्द्रागिरी नगरपालिकालाई १० लाख, टोखा नगरपालिकालाई २० लाख, मकवानपुरको मनहरी गाउँपालिकालाई १० लाख, काभे्रको धुलीखेल नगरपालिकालाई १ करोड, नमोबुद्ध नगरपालिकालाई १५ लाख, चितवनको भरतपुर महानगरपालिकालाई १ करोड, रत्ननगर नगरपालिकालाई ५० लाख, दोलखाको भिमेश्वर नगरपालिकालाई १ करोड, धादिङ अस्पताललाई ७५ लाख, हेटौंडा अस्पताललाई ५० लाख, चौतारा अस्पताललाई २२ लाख, भक्तपुर अस्पताललाई ५० लाख दिने निर्णय गरेको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिएका छन।
यसैगरी ललितपुरको आनन्द बन अस्पताललाई १५ लाख, सिन्धुली अस्पताललाई ३० लाख, त्रिशुली अस्पताललाई ३० लाख, रामेछाप अस्पताललाई ९५ लाख रुपैयाँ उपलब्ध गराईने मन्त्री ढुंगेलले बताउनुभयो । यसैगरी प्रदेशका अस्पतालहरुका लागि स्वास्थ्य सामग्री खरिदका गर्न स्वास्थ्य आपुर्ति ब्यबस्थापन केन्द्रलाई ७ करोड ६५ लाख, ललितपुरको बज्रबाराही अस्पताललाई २५ लाख, मकवानपुर र काठमाण्डौका अञ्चल आयुर्बेद अस्पताललाई ५/५ लाख, चितवन, ललितपुर, भक्तपुर र काभ्रेका जिल्ला आयुर्बेद अस्पताललाई ५/५ लाख, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, नुवाकोट र धादिङका जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्रलाई ३÷३ लाख, रसुवाको जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र १ लाख र स्वास्थ्य कार्यालय काठमाण्डौ ५० लाख दिने निर्णय गरिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा