शनिबार, साउन ९ २०८३
ताजा अपडेट

जुगलले ‘अनलाइन पुस्तकालय संवाद प्रतियोगिता’ आयोजना गर्दै


  • शुक्रबार, भाद्र १२ २०७७
26K
SHARES

१२ भदौ, काठमाडौँ ।
“समाज रुपान्तरणका लागि पुस्तकालय” भन्ने मूल नाराका साथ भाद्र १५ गते मनाइने १३औँ राष्ट्रिय पुस्तकालय दिवसको उपलक्ष्यमा जुगलले जनचेतना मुलक वृहत अनलाइन कार्यक्रम आयोजना गर्ने भएको छ । नेपाल राष्ट्रिय पुस्तकालयको साथमा कपन स्थित जुगल स्कुल/कलेजले गत वर्ष झैँ यसपटक पनि विद्यार्थीहरु माझ अन्तरविद्यालय संवाद प्रतिस्पर्धा गराउँदैछ । आउँदो भाद्र १४ गते हुने अनलाइन पुस्तकालय संवाद प्रतियोगितामा काठमाडौँका २२ विद्यालयका विद्यार्थीहरुले प्रतिस्पर्धा गर्ने विद्यालयका संस्थापक प्रिन्सिपल विवेक विनयीले आज आयोजित भर्चुल पत्रकार सम्मेलनमा जानकारी गराए । प्रतिस्पर्धामा प्रत्येक विद्यार्थीहरुसँग पुस्तकालय र पुस्तक सम्बन्धी ५ मिनेटसम्म संवाद गरिने छ । र उक्त संवादमा उत्कृष्ट भएकाहरुलाई पुरस्कृत गरिनेछ ।
खासगरी पठन संस्कृति अभिवृद्धि गर्न जनचेतनामुलक रुपमा यस कार्यक्रमलाई हरेक वर्ष जुगलले भव्यता पूर्वक मनाउँदै आएको छ । कार्यक्रमा उपत्यकाका विभिन्न पुस्तकालयका प्रतिनिधिहरु, राष्ट्रिय पुस्तकालयका प्रमुख उपेन्द्रप्रसाद मैनाली, शिक्षा मन्त्रालयका सचिव डा. सञ्जय शर्मा, विद्यालयका प्रिन्सिपलहरु, शिक्षाविद्हरु, विद्यार्थीहरु लगायतका विभिन्न क्षेत्रका मानिसहरुको उपस्थिति रहने बताइएको छ ।
जुगलसँगको सहकार्यमा पठन संस्कृति विकासको लागि राम्रो कार्यक्रम संचालन भइरहेकोमा राष्ट्रिय पुस्तकालयका प्रमुख मैनाली खुशी व्यक्त गरे । धेरेले राष्ट्रिय पुस्तकालय दिवसलाई भुलेको र नेपालमा अझै पनि पर्याप्त एवं व्यवस्थित पुस्तकालयहरु नभएको सन्दर्भमा यो कार्यक्रमले महत्वपूर्ण सन्देश दिने शिक्षाविद् एवं जुगल व्यवस्थापन समितिका अध्यक्ष डोरप्रसाद आचार्यले बताए । कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुनेलाई प्रमाण-पत्र, शिल्ड र मेडलद्वारा सम्मान गरिने जानकारी गराइयो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा