शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

चितवनमा ४२ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण देखियो


  • मंगलबार, भाद्र २ २०७७
12.6K
SHARES

काठमाडौँ- चितवनको राप्ती नगरपालिकाको भण्डारामा रहेको सशस्त्र प्रहरी बल नं ३ गढीमाई बाहिनी बागमती प्रदेशका ४२ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरूमध्ये २ महिला र ४० पुरुष रहेको भरतपुर कोभिड-१९ प्रयोगशालाले जनाएको छ ।

यसअघि सोही बाहिनीका ८ जनामा कोरोना देखिएपछि अन्यको परीक्षण गरिएको हो  ।

६० जनाको नमुना सङ्कलन गरी पठाइएकामा ४२ जनामा सङ्क्रमण देखिएको उनले बताए । ९ जनालाई ज्वरो आएकामा निको हुँदै गएर सोमबार साँझ १ जनालाई मात्र ज्वरो बाँकी रहेको उनले जानकारी दिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा